• बैशाख २७ २०८३, आईतवार

स्याङजाको वालिङमा जीप दुर्घटना

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौँ। स्याङजाको वालिङ नगरपालिका –१४ मा जीप दुर्घटना भएको छ । मतदाता बोकेर मतदान स्थलतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटना भएको जानकारी आएपनि दुर्घटनाबारे सबै विबरण प्राप्त नभएको स्याङजा प्रहरीले जनाएको छ। जीपमा २० देखि २२ जना यात्रु सवार रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीका आनुसार वालिङ नगरपालिका १४ शिर्घबाट वालिङ आउँदै गरेको ग २ च ३०२६ नम्बरको जीप पंचमुलमा दुर्घटना भएको छ। जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनाबारे बिस्तृत विबरण आउन बाँकी छ।