• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचन : रामेछापमा गोली चल्यो

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । झडप नियन्त्रणमा लिनेक्रममा रामेछापको दुई स्थानमा गोली  चलेको छ । स्थानीय निर्वाचनको लागि मतदान भइरहेको स्थानमा झडप नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर गरेको प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिएका छन् ।

जिल्लाको दोरम्बा सैलुङ गाउँपािलिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षबिच झपड हुँदा गोली चलेको उनले बताए ।

खाँडादेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथम मतदान केन्द्रमा दुई पक्षका बिचमा भएको झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको रामेछाँपबाट पत्रकार रमेश ढुङगेलले जानकारी दिए ।

विवाद समाधान गरेर मतदान सुचारु गराउन पहल भइरहेको उनको भनाइ छ ।