ताप्लेजुङ । भोलि बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै ताप्लेजुङ जिल्लामा आज बेलुका ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घरबाहिर निस्कन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले एक सूचना मार्फत आज बेलुका ८ बजे देखि भोलि बिहान ४ बजे सम्म घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अति आवश्यक परि घरबाहिर निस्कनु परेमा सुरक्षा निकायलाई जानकारी दिएर मात्र निस्कन जिल्लावासी सबैलाई आग्रह गरेको छ ।