• बैशाख २३ २०८३, बुधबार

मतदान गर्न जाँदा मोबाइल,क्यामेरा,लाइटर र हातहतियार लैजान रोक

बैशाख २९ २०७९, बिहीबार

काठमाडौं । भोलि हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै मतदान गर्न जाँदा विभिन्न सामान लैजान निशेध गरिएको छ ।

आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले आज बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन स्वच्छ,स्वतन्त्र र भयमुक्त वातावरण सृजना गर्न मतदान गर्न जाँदा मतदाताले साथमा मोबाइल,क्यामेरा,लाइटर तथा हातहतियारका सामान लैजान रोक लगाएको हो ।