बुटवल। बुटवल बजारमा प्रेसरकुकर बम विस्फोट विस्फोट भएको छ ।
बुधबार बेलुकी ८ः१५ बजेको समयमा मिनलचोकस्थित सनराइज बैंक अगाडि प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाए अनुसार बम विस्फोट भएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ । विस्फोटबाट मानवीय क्षति नभएको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।