• बैशाख २७ २०८३, आईतवार

मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ

बैशाख २८ २०७९, बुधबार

बाजुरा ।  मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ परेका छन् ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा प्रहरीले स्थानीय विकास थापालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भूज ओझाका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको आरोपमा युवकलाई पक्राउ गरिएको हो ।

परिचयपत्र चोरी भएकोबारे कर्मचारीले थाहा पाएपछि थापालाई तत्काल पक्राउ गरिएको उनले बताए ।

२२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।