काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् ।
निर्वाचनसम्म गृहजिल्ला डडेल्धुरामै रहने भनिए पनि यस बिचमा प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् ।
आरजु राणा देउवाको चुनावी क्षेत्र कैलाली क्षेत्र नम्बर ५ को धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निबर्तमान मेयर नृपबहादुर वड मेयरका लागि मैदानमा छन् ।
धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका वड, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।