• बैशाख २७ २०८३, आईतवार

मतदान गर्न काठमाडौं छाड्नेको लर्को

बैशाख २८ २०७९, बुधबार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौं छाड्नेको लर्को लागेको छ ।

बैशाख ३० गते अर्थात शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ लागेका हुन् । शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको पाइएको हो ।

बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको थियो । निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरिसकेको छ ।