काठमाडौँ। कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन सरेको छ । उक्त नगरपालिकामा नेपाली काँग्रेसबाट उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
निर्वाचन कार्यालयले जेठ ३ मा निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । कार्यतालिका अनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । उम्मेदवार कुर्मीको मंगलबार हृदयघातका कारण निधन भएको थियो । उनको ठाउँमा नेपाली काँग्रेसले रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएको निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ ।