सुर्खेत । सुर्खेतको सिम्तामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच मंगलबार राति झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए।
उनीहरुले प्रहरीसँग केहीबेर विवाद पनि गरेका थिए। प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार प्रहरी सामान्य घाइते भएको उनले बताए।