काठमाडौँ। भारतीय वायु सेनाको विमान गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको पूर्वतयारीका लागि बिहीबार बिहान भारतीय विमान विमानस्थलमा अवतरण गरेको हो।
उक्त विमानमा भारतीय सैनिक अधिकारीको टोली र अतिविशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारीलगायत अन्य बन्दोबस्तका सामग्रीहरू रहेको विमानस्थल श्रोतले जनाएको छ।
भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमान १९२ तौलसहितको सामग्रीसहित अवतरण गरेको हो। यो नै गौतम बुद्ध विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडानसमेत हो ।
यसअघि उक्त विमानस्थलमा नमूना उडान परीक्षण भएको थियो ।