काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा एक हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।