• बैशाख २३ २०८३, बुधबार

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई १२ घण्टे स्पष्टीकरण

बैशाख २७ २०७९, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई १२ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

मङ्गलवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने बताए । कडा कारवाहीस्वरुप स्पष्टीकरणलाई १२ घण्टामा झारिएको उनले बताए ।

यसअघि आचारसंहिता उल्लङ्घन गर्नेलाई २४ घण्टे स्पष्टीकरण सोध्दै आएकोमा आयोगले मौन अवधिमा १२ घण्टे स्पष्टीकरण सोध्ने भएको हो ।