काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा अध्यक्ष केपी ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् ।
एमालेमा प्रवेश गर्ने क्रममा ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे पछि गौतमले ओलीको खुट्टा ढोगेका हुन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका थिए ।