काठमाडौं । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’को कर्तव्यज्यान सम्बन्धी मुद्दा अदालतमा पेशी चढेर स्थगित भएको छ । सर्वोच्च अदालमतमा मनाङेविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दा मंगलबार पुन पेशी चढेर स्थगित भयो ।
गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । सर्वोच्चले २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो । मनाङेको सो मुद्दा चलिरहेकै बेला मनाङबाट स्वतन्त्र हैषियतमा निर्वाचित भएका थिए ।
निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो ।