काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदानको समय बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको छ ।
यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन बिदा समेत दिइएको छ भने सरकारले वैशाख ३० गते सार्वजनिक बिदा समेत दिएको छ।
मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।