• बैशाख २७ २०८३, आईतवार

भारतको हरिद्वारमा एक नेपाली युवक बेपत्ता

बैशाख २५ २०७९, आईतवार

काठमाडौं । भारतको हरिद्वारमा एक नेपाली युवक बेपत्ता भएका छन् ।

मुसिकोट १ मठ खलंगा पश्चिम रुकुम निवासी चिताराम खड्काका छोरा गणेश खड्का वैशाख १६ गतेका दिन भारतको हरिद्वारबाट बेपत्ता भएका हुन् ।

देरादुनस्थित अल्पाईन् इन्स्टिच्युट एण्ड टेक्नोलोजि कलेजमा बि. एस्सी एग्रिकल्चरमा फाइनल वर्षमा अध्यनरत विद्यार्थी थिए । वैशाख १६ गते नेपाल फर्कने क्रममा भारतको हरिद्वारबाट उनी सम्पर्कविहिन भएको उनका आफन्तले बताएका छन् ।

उनको खोजिकार्यमा सहयोग गरिदिन संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले भारत स्थिति नेपाली दुतावास विभिन्न संग संगठन नागरिक समाज पत्रकारलगायत हरुलाइ यस‌ै मडिया मार्फत अपिल गरेका छन् ।

बेपत्ता भएका खड्का हरिद्वारमा कुनै अज्ञात व्यक्तिले नसालु वस्तु सेवन गराएको हुनसक्ने शंका छ । उनको खोजिकार्यमा सहयोग गरिदिनका लागि उनका परिवारले यस् नं मा सम्पर्क गर्ने भनेका छन् । +919890277817