• बैशाख २३ २०८३, बुधबार

चुनावी दौडधुपमा देउवा-प्रचण्ड धनगढी पुगे,भोलि चुनावी सभा सम्बोधन गर्दै

बैशाख २५ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभा सम्बोधन गर्न धनगढी पुगेका छन् ।

केही समय अघि धनगढी पुगेका प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन् भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ सो स्थानको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिए ।