• बैशाख २७ २०८३, आईतवार

बसभित्रै किशोरीको बलात्कार प्रयास, बाबुको कुटाईबाट चालकको ज्यान गयो

बैशाख २५ २०७९, आईतवार

काठमाडौं । काठमाडौंबाट इलाम गएकी एक किशोरीलाई गत बैशाख २० गते राती बसकै चालक र सहचालक मिलेर बलात्कारको प्रयास गरेका छन् ।

बा.५ख ५९८२ नम्बरको बसमा काठमाडौंबाट घरतर्फ गएकी १७ वर्षीया किशोरीलाई बलात्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । बसका सबै यात्रु झरेपछि चालक र सहचालकले बलात्कार प्रयास गरेका थिए । बलात्कारको प्रयास भइरहदाँ किशोरीको बुवा आएपछि सहचालक भागे । छोरीलाई दुर्व्यवहार गरिरहेकाे भेटैपछि किशोरीको बाबुको निर्घात कुटपिटबाट बस चालकको मृत्यु भएको छ ।

कुटपिट गर्दा गम्भीर घाइते भएका गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ वगुवाका ३४ वर्षीय दिपक ढुंगानाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । प्रहरीले सहचालक र किशोरीका बुबालाई पक्राउ गरेको छ ।