• बैशाख २३ २०८३, बुधबार

एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीसँग छैन  : विष्णु पौडेल

बैशाख २४ २०७९, शनिबार

बुटवल ।  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीसँग नभएकाे बताएका छन् ।

बुटवलमा शनिवार भएको गठबन्धनको चुनावी सभालाई इंगित गर्दै उनले एमालेका उम्मेदवारहरूको जित सुनिश्चित भइसकेको बताएका हुन् । उनले पूरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइँमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको बताए ।

एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउँदै पौडेलले नत्र विरोधीहरूले विकासे आयोजनामा पनि राजनीति गरेर अवरुद्ध गर्न सक्ने आशंका गरे ।