• बैशाख २३ २०८३, बुधबार

महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाकै अपमान हो : प्रचण्ड

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका हुन् ।

सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । प्रचण्डले भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी आफ्नी छोरी रेनु दाहाल र काठमाडौँ महानगरपालिकामा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेकी काँग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहको बारेमा कुप्रचार गरेर महिलाकै अपमान गरेको बताएका हुन् । महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् ।

‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्‍यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।’