• मंसिर १३ २०८१, बिहीबार

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्थानीय तह निर्वाचनमा  मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएकोप्रति स्पष्ट पार्दै आजसम्म कुनै निर्णय नभएको बताए ।

केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन् । तर स्वास्थ्यमन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताए ।

यस विषयमा स्पष्ट पार्दै सहप्रवक्ता अधिकारीले भने, ‘मतदान स्थलमै खोप लगाउने कुराको निर्णय अहिलेसम्म भइसकेको छैन । किनभने मत हाल्ने दिन सबैको ध्यान मतमा हुन्छ । त्यसमा हामीले खोप राख्दा धेरै व्यवस्थापन गर्नुपर्ने हुन्छ । अर्कोकुरा स्वास्थ्यकर्मीहरु नै मतदान केन्द्रमा खटिने भएको हुनाले खोपकेन्द्र व्यवस्थापन गर्न अलि चुनौति हुन्छ ।