• बैशाख २३ २०८३, बुधबार

प्रधानमन्त्री देउवाद्वारा काठमाडौंमा सिर्जना  र भरतपुरमा रेनुले जित्ने विश्वास व्यक्त 

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंमा सिर्जना सिंह र भरतपुरमा रेनु दाहालले विजय हासिल गर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा उनले सिर्जना सिंह काठमाडौंबाट र रेनु दाहाल भरतपुरबाट उठेकोमा दुवै महिलाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

देउवाले काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंह र भरतपुर महानगरकी उम्मेदवार  रेनु दाहालमा कुनै कुराको कमी नभएको पनि बताउदै सिर्जनाले काठमाडौ बनाउँछु भनेको र रेनुले भरतपुरमा राम्रो काम गरेको बताए ।

देउवाले राम्रो काम गर्ने महिलालाई पुरस्कार दिनुपर्ने हो ।देउवाले काठमाडौंमा सिर्जनाले हार्दा विदेशीले के भन्छन् भनेर समेत प्रश्न गरे । ‘राजधानीमा महिला हार्नुहुँदैन दुनियाँले के भन्छन् ? विदेशी राजदूत यहाँ हुनुहुन्छ । महिला हराएपछि काठमाडौंले दोष पाउँछ ,’ उनले भने ।