काठमाडौँ। चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार एशियन ओलम्पिक काउन्सिलले एक वक्तब्य मार्फत सेप्टेम्बर १० देखि २५ सम्म चीनको ह्याङचौमा आयोजना गर्ने तय भएको एसियाड अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो ।काउन्सिलले प्रतियोगिताको अर्को मिति पछि घोषणा गरिने उल्लेख गरेको छ ।
चीन सरकारले भने औपचारिक रुपमा खेल स्थगित गरेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।