• बैशाख २३ २०८३, बुधबार

गोर्खामा छाताको ब्राण्डिङ गर्दै घर दैलोमा बाबुराम भट्टराई

बैशाख २३ २०७९, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई जिताउन गोर्खामा घर दैलोमा व्यस्त छन् ।

उनी जसपाका पक्षमा मत माग्न शुक्रबार बिहानबाट पार्टीको चुनाव चिन्ह छाता ओढेर घरदैलो गरिरहेका छन् । गर्मीमा छाताले ओत पनि दिने र भोट माग्नलाई सजिलो पनि हुने भन्दै उनले आफ्नो दलको चुनाव चिन्हको ब्राण्डिङ गरिरहेका छन् ।

भट्टराईले गृहजिल्लामा जारी घरदैलो अभियानको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।

‘गोरखामा छाता ओढेर जसपाको छाता चिन्हको प्रचार र घरदैलो अभियान’ उनले तस्बिरसँगै फेसबुकमा लेखेका छन् ।