• बैशाख २३ २०८३, बुधबार

सुर्खेतमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, उम्मेदवार नै घाइते

बैशाख २३ २०७९, शुक्रबार

सुर्खेत । सुर्खेतमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको सिम्ता गाउँपािलका–६ बादेपिपलमा बिहीबार राति एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

झडपमा परी सिम्ता गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको थियो।

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।