• बैशाख २७ २०८३, आईतवार

ताप्लेजुङमा आफ्नै छोराले गरे वृद्ध बुबा-आमाको हत्या

बैशाख २३ २०७९, शुक्रबार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले आफ्नै आमा र बुबाको हत्या गरेका छन् ।
स्थानीय २५ वर्षिय आइतराज लिम्बूले अफ्ना ७० वर्षका बुबा वृखबहादु र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेका हुन् ।

उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घटनाबारे तत्काल थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।

घटनापछि स्थानीयले लेलेप प्रहरी चौकिमा खबर गरेका थिए ।

घटनाअघि पनि पारिवारिक विवाद भएको र प्रहरीले मिलापत्र गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएका थिए ।

हत्या आरोपित आइतराजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको छ ।