काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि वैशाख २७ गते देखि नै सबै सीमानाका बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।
सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत निर्वाचनको ४८ घण्टा अगाडिदेखि बन्द गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको हो ।
यसका लागि आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेकाे छ । आयोगले नेपाल सरकारलाई पत्र पठाएको हो।
यस्तै मतदान हुने दिन निर्वाचन आयोगले आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो ।