काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई फेरि स्पष्टीकरण सोधिएको छ ।
बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौँका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो ।
स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ ।
यसअघि काठमाडौँको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए जसमा उनले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गरेका थिए ।