काठमाडौं । प्रहरीले सुनौलो रंगको कछुवासहित एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती रहेका छन् । प्रहरीले चावहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसमा कछुवा ‘बिक्री डिल’ गरिरहेको अवस्थामा थापालाई पक्राउ गरेको हो । उनको साथबाट एउटा सुनौलो रंगको कछुवा बरामद गरेको छ । कछुवा बेच्न २० लाखमा डिल गरेको समेत बताइएको छ ।