• बैशाख २३ २०८३, बुधबार

क्रान्तिकारी नेता विप्लवमाथि उनका सहकर्मीले लगाए यस्तो आरोप

बैशाख २२ २०७९, बिहीबार

काठमाडौँ। महासचिव नेत्रविक्रम चन्दले पार्टीको नीतिविपरित गई संसदीय व्यवस्थाले गराएको स्थानीय चुनावमा सहभागी भएको भन्दै असन्तुष्ट रहेको हेमन्त प्रकाश वली -धर्मेन्द्र बस्तोला समूहको विशेष राष्ट्रिय भेला चितवनमा चलिरहेको छ।

हिजो २१ गतेदेखि शुरु भएको भेलाले शुरुमा महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खडकबहादुर विश्वकर्मालाई कारवाही गरी पदमुक्त गरेको छ।
एक महिनाअघि बसेको नेकपाको केन्द्रीय समिति बैठकले पार्टीले आगामी वैशाख ३० गते हुनगइरहेको स्थानीय चुनावमा भाग नलिने ,पार्टीका मान्छे चुनावमा जाने भए पार्टीबाट राजीनामा दिई स्वतन्त्ररुपमा भाग लिन सकिने र स्वतन्त्ररुपमा उठेका देशभक्त ,स्वच्छ छवि भएकालाई सघाउने निर्णय गरेको थियो। तर पार्टीको केन्द्रीय समितिको बैठकले गरेको यो निर्णय विपरित महासचिव विलव र प्रवक्ता प्रकाण्डले उल्लंघन गर्दै पार्टीका केन्द्रीय सदस्यहरुलाई नै विभिन्न पालिकाहरुमा पालिका प्रमुख पदहरुमा निर्वाचन लड्न पठाएको भन्दै हेमन्त बास्तोला समूहले उनीहरुलाई कारवाही गरेको जनाएको छ।

हेमन्त बास्तोला समूहले पार्टीको निर्णय लत्याएको विप्लव समूहले संख्यामा बहुमत देखाई आफू नै आधिकारी रहेको देखाउन खोजे पनि विचार धाराको हिसाबले आफूहरु नै पार्टीको लाइनमा रहेको दावी गरेको छ।

भेला २३ गतेसम्म चल्नेछ। भेलामा १३ वाट समूहमा बाँडीएर देशभरबाट आएका कार्यकर्ताले पार्टीको दस्तावेजको छलफल गरिरहेका छन्। दस्तावेजका बारेमा आज रिपोर्टिंङ हुनेछ भने भोलि दस्तावेजलाई अन्तिमरुप दिई जारी गरिने छ।

हिजो मात्र भेलाका संयोजक धर्मेन्द्र बास्तोलाले दस्तावेज पेश गरेको थिए। दस्तावेजमा बास्तोलाले पूर्व महासचिव हिसाब संसदीय संशोधनवादमा पतन भएको आरोप लगाएका छन्। बास्तोलाले विप्लवलाई पार्टीमा बहस र छलफलको निषेध गर्दै एकलौटी निर्णय गर्ने गरेको भन्दै प्रचण्ड भन्दा पनि खराब बाटोमा लागेको बताए। बास्तोलाले विप्लवले सबै विषयमा आफुलाई केन्द्रमा राखेर काम गर्ने भएकोले उनले अधिभूतवादी बाटोमा लागेको आरोप लगाए।