काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका कांग्रेस कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताएका छन्।
चितवनको भरतपुरमा बिहीबार आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन लोकतन्त्र र विकासको आवश्यकता हो भन्ने बुझेर हँसिया हथौडामा भोट हाल्न आग्रह गरे।
‘म गतिशील र सिर्जनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ’, उनले विगत सम्झिँदै भने, ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’
उनले यो गठबन्धन राष्ट्र जनता र देशको आवश्यकता हो भनेर भोट हालेमा गठबन्धनलाई २० वर्षसम्म लैजाने सकिले पनि बताए। ‘यदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर म यो गठबन्धनलाई १०/२० वर्षसम्म लैजान्छु’, उनले भने, ‘एक्लै हिँड्न रुचाउनेलाई नेपालको इतिहास नजिकबाट नियालौँ।’