• बैशाख २३ २०८३, बुधबार

प्रचण्डलाई जितनारायणको आग्रह : रेनुलाई जिताउँछौं, पहिलेजस्तो धोका नहोस्

बैशाख २२ २०७९, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई विगतमा जस्तो फेरि धोका नदिन आग्रह गरेका छन्।

पाँचदलीय गठबन्धनले चितवनको भरतपुरमा बिहीबार आयोजना गरेको चुनावी सभामा बोल्दै उनले रेनु दाहाललाई भरतपुर महानगरको मेयर जिताउने प्रतिवद्धता समेत व्यक्त गरे।

‘हाम्रो पनि गुनासो थियो तर यो पार्टी हो, हाम्रो कमान्डरले निर्देशन दिएपछि सकियो हामी सेनाले मानेर अगाडि बढ्छौँ, उनले भने, गठबन्धनलाई कसैले हराउन सक्नेछैन। हामी रेनु दाहाललगायत सिंगो टिमलाई जिताउँछौं। हाम्रो सोझो सभापति जे बोल्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ ‘जे प्रतिवद्धता पाँच वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो।’