• बैशाख २३ २०८३, बुधबार

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ, निर्वाचन जित्न असहज छैन : अध्यक्ष प्रचण्ड

बैशाख २२ २०७९, बिहीबार

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका छन् ।चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका अध्यक्ष ‘प्रचण्ड’ले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताएका हुन्।

“गठबन्धन एकताबद्ध भएर अघि बढेको छ, उनले भने, निर्वाचन जित्न असहज छैन ।”

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए ।

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल प्रमुख पदको उम्मेदवार छन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गर्दैछ ।

सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधवार नै चितवन आइसकेका छन्।