चितवन । सत्ता गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा गर्ने संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।
महानगरको सभालाई निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम थियो । तर उनीहरूले सम्बोधन गर्ने र मञ्च र कार्यक्रम स्थाल पानीले डुबाइदिएको छ ।
भरतपुरको हाकिम चोकमा हिजो साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।