काठमाडौं । सर्वोच्च अदालतमा दायर नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट मुद्दा हेर्दाहेदैमा गएको छ ।
धीरजप्रताप सिंहलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा सुनुवाइ हुँदा हुँदै हेर्दाहेर्दैमा गएको हो ।