• बैशाख २३ २०८३, बुधबार

हेमन्तप्रकाश-धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटायो

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई नै महासचिवबाट हटाएको छ । बुधबारदेखि बसेको भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।