• बैशाख २७ २०८३, आईतवार

त्रिभुवन विमानस्थलमा ‘बम’ भेटिएन, विमानस्थल सुचारू हुँदै

बैशाख २१ २०७९, बुधबार

काठमाडौँ। त्रिभुवन विमानस्थलमा बम राखिएको हल्लापछि केही समय बन्द भएको विमानस्थल सुचारू गर्ने तयारी भएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरिसकेको र बम नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी थालिएको विमानस्थल स्रोतले जनाएको छ।

स्रोतका अनुसार यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र अब केही बेरमा उडान सुचारू हुने छ।

बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए ।

त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।