विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै छ। सोही सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर जादैछन् ।
देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि विराटनगर जादैछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस नेता शेखर कोइरालासहितका नेताहरुले सम्बोधन गर्नेछन्
कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशका प्रमुख १० सहरहरुमा चुनावी सभा गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज पहिलो चुनावी सभा विराटनगरमा हुन लागेको हो ।