काठमाडौँ। । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बालुवाटारमा आयोजित एक कार्यक्रममा केसीलाई पार्टी प्रवेश गराएका हुन् ।
अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन्
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।