• बैशाख २७ २०८३, आईतवार

बैतडीको डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

बैशाख २० २०७९, मंगलवार

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।
६० वर्षीय साउँदमाथि गएराति १० बजे खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ ।

स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुको खोजी भइरहेको बताइएको छ।