• बैशाख २३ २०८३, बुधबार

काठमाडौं महानगरको उपमेयरकी उम्मेदवार सुनिताविरुद्ध अख्तियारमा उजुरी

बैशाख २० २०७९, मंगलवार

काठमाडाैँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।

शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हाे।