• बैशाख २७ २०८३, आईतवार

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बैशाख १९ २०७९, सोमबार

काठमाडौं । सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसंग सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले निजामती कर्मचारी श्रीमती संघसंग दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए।

यस्तै बैठकले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोश्रो संशोधन आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन जना अधिकृतहरूलाई राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएको जानकारी दिए ।