• बैशाख २३ २०८३, बुधबार

आईजीपी बढुवाविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

बैशाख १९ २०७९, सोमबार

काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई विधि मिचेर बढुवा गरिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । पोखरेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको अदालतले जनाएको छ।

हिजो (आइतबा)र बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सिंहले आज (सोमबार) बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका छन् ।

वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका हुन् ।