• बैशाख २३ २०८३, बुधबार

उमेदवारको निधन भएपछि पुन : मनोनयन प्रकृया अघि बढाउँदै

बैशाख १८ २०७९, आईतवार

काठमाडौं । रुपन्देहीमा  स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएका कारण पुनः मनोनयनको प्रक्रिया अघि बढाइने भएको छ ।

एमालेको तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।

उनले निर्वाचनलाई असर नपर्ने गरी सो स्थानमा पुनः मनोनयनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।