काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बसेको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा फुलकोर्ट बसेको हो।
फुलकोर्टमा तीन अजेन्डा छन् जसमा वरिष्ठ अधिवक्ताहरूको उपाधी वितरण, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन र मुद्दा व्यवस्थापन सम्बन्धी निर्णय गर्नुपर्ने भएकाले सार्वजनिक बिदाको दिन फुलकोर्ट राखिएको छ ।
अदालतको कामको चापले लामो छलफल गर्न सम्भव नभएकाले आइतबार फुलकोर्ट राखिएको बताइएको छ। केही दिनअघि वरिष्ठ अधिवक्ताहरूको उपाधी सम्बन्धी प्रतिवेदन कामु प्रधानन्यायाधीशलाई बुझाइएको थियो।