काठमाडौं । सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयले आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गर्न सिफारिस गरेको थियो।
प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए।