• बैशाख २३ २०८३, बुधबार

निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई गठबन्धनको निर्देशन

बैशाख १८ २०७९, आईतवार

काठमाडौँ। सत्ता गठबन्धनको बैठकले निर्वाचनमा समझदारी अनुरुप काम गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

गठबन्धनको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय छ ।

साे बैठकले पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानका लागि उक्त निर्देशन दिएको हो । त्यस्तै गठबन्धनको मर्म र भावनाअनुसार एकता कायम गर्दै निर्वाचनमा सक्रियपूर्वक जिम्मेवारी गर्ने निर्णय भएको जनाइएकाे छ ।

साे निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय भएकाे बालुवाटार स्रोतले जनाएको छ ।