• बैशाख २७ २०८३, आईतवार

स्याङ्जामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एक जना घाइते

बैशाख १८ २०७९, आईतवार

स्याङ्जामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । स्याङ्जाको चापाकोटमा चुनाव प्रचारका क्रममा चापाकोटको सुन्तलीटार बजारमा गएराति राति झडप भएको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।

चापाकोट नगरपालिका वडा नं ६ र ७ मा घरदैलो कार्यक्रम गरी फर्किने क्रममा सुन्तलीटार बजारमा आईपुगेका एमाले कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

झडपमा एमाले कार्यकर्ता चापाकोट– १० का २७ वर्षीय नारायण हिस्की मगर घाइते भएका छन् । कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट उनको टाउको र पेटमा गहिरो चोट लागेको छ भने उनलाई उपचारका लागि पोखरा पठाइएको छ ।