• बैशाख २३ २०८३, बुधबार

मन्त्रिपरिषद् बैठक बस्दै

बैशाख १८ २०७९, आईतवार

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

आजको बैठकमा सुरक्षा प्रमुख नियुक्त गर्ने बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले आज निर्णय गर्न लागेको हो।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आइजिपी पुष्पराम केसी सहितका अधिकारीहरूले आजदेखि अनिवार्य अवकाश पाउँदैछन्।